

काठमाडौँ – हुम्लाको खार्पुनाथमा आगलागी हुँदा एक बालकको ज्यान गएको छ। खार्पुनाथ गाउँपालिका-२, थालीका रामराज जेठाराको घरमा शुक्रबार बेलुकी आगलागी हुँदा १६ महिने बालक रेवेन्द्र जेठाराको ज्यान गएको हो।

आमा बर्रा जेठारा घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। खाना पकाउने क्रममा कोठाको छेउमा राखिएको पेट्रोलमा आगो सल्किएपछि आगलागी भएको प्रारम्भिक अनुमान छ। स्थानीयवासीको सहयोगमा आगो निभाइएको छ।
घाइते बर्रा जेठाराको जिल्ला अस्पताल सिमकोट उपचार भैरहेको छ। यसअघि बिहीबार सर्केगाड गाउँपालिका-२ रिपमा भएको आगलागीमा दुई जना घाइते भएका थिए। पाँच घर जलेर नष्ट भएका थिए।

Views: 139


