Aamsanchar

बिर्तामोड वाणिज्य संघको अध्यक्षमा हनुमान भीड्दै

Author Image
शनिवार, असार ३१, २०७४


बिर्तामोड ।
बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि यहाँका पुराना व्यवसायी हनुमान मित्तल अध्यक्ष पदको उम्मेदवार बन्ने भएका छन् ।
आगामी साउन २२ गते हुने निर्वाचनका लागि मित्तलले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका हुन् । उनलाई राष्ट्रिय उद्योग वाणिज्य संघले समर्थन गर्ने बताइएको छ । बिर्तामोडमा गहना साडी सेन्टर र पुनम इन्टरप्राइजेजका सञ्चालक रहेका मित्तल ०४५ सालदेखि बिर्तामोडमा व्यवसाय गर्दै आएका छन् ।
इलाम नाम्सालिङमा जन्मिएका ५६ वर्षीय मित्तल यसअघि वाणिज्य संघको दुई कार्यकाल कार्य समिति सदस्य भएर काम गरिसकेका छन् । उनले बिर्तामोडका सरोकारावालाको समन्वयमा बिर्तामोड नगरलाई बन्दमुक्त र चन्दाआतंक मुक्त गर्ने मुख्य एजेन्डा अघि सारेका छन् ।
त्यस्तै नगरपालिकासँगको समन्वयमा सरसफाई र सार्वजनिक शौचालय निर्माणको एजेन्डा पनि उनले अघि सारेका छन् । अहिले भारतको पानीट्यांकीमा बढेको व्यवसायका कारण बिर्तामोडको व्यवसाय धरासायी भएकोले यहाँको व्यवसाय प्रबद्र्धनका लागि काम गर्नुका साथै अतिथि सदनलाई व्यवस्थित गर्ने उनले बताएका छन् ।
हाल अग्रसेन भवन र मारवाडी सेवा समितिमा समेत आबद्ध मित्तल यसअघि वीरता जेसीजको कोषाध्यक्ष, मारवाडी सेवा समितिको केन्द्रीय सदस्य समेत बनेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर