

दाङ – दाङको तुलसीपुरबाट प्रहरीले ६० लाख रुपैयाँ बरामद गरेको छ। तुलसीपुर उपमहानगरपालिका-६ गोलौराको एक घरबाट स्रोत नखुलेको ६० लाख रुपैयाँ बरामद गरेको तुलसीपुर प्रहरीले जानकारी दिएको छ। प्रहरीले घर धनी दुर्गा केसीलाई नियन्त्रणमा लिएको छ।

उनले स्रोत खुलाउन नसकेको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ। उक्त रकम चोरी गरेर ल्याइएको हुन सक्ने प्रहरीको अनुमान छ।
Views: 31

