Aamsanchar

२ युवक हत्याकाण्ड सुल्झाउने डीएसपीसहित ७ जना पुरस्कृत

Author Image
मङ्गलवार, पौष १५, २०८२

काठमाडौं- दुई दिनको फरक दुई युवकको हत्या भएको घटनाको सफल अनुसन्धान गरेको भन्दै डीएसपीसहित सात जनालाई पुरस्कृत गरिएको छ ।

सिन्धुलीका २५ वर्षीय केशवराज हायु, पारुहाङ राईको हत्या घण्टा सुल्झाएको भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उनीहरूलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेहरुमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत डीएसपी वेद पौडेल, अर्का डीएसपी पञ्चलाल गोले, इन्स्पेक्टर शिव थापा, दुई जना सई, एक जना असई र एक जना हवल्दार गरी सात जानलाई पुरस्कृत गरिएको हो ।

यो हत्या घण्टामा प्रहरीले सिन्धुलीका देवराज ढुंगेल र जयराज अधिकारीलाई पक्राउ गरेको थियो ।

Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर