Aamsanchar

कोटेश्वरबाट आएको प्रहरी भन्दै ठग्ने दुई जना पक्राउ

Author Image
बुधवार, पौष १६, २०८२

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न औषधी पसलहरूमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट आएको प्रहरी भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय आकाश भनिने नानीबाबु लामा र दोलखा घर भएका ३४ वर्षीय प्रकाश तामाङ छन् । उनीहरुलाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

लागुऔषधजन्य औषधी बेचेको भन्दै डर, धम्की देखाएर रकम असुल्ने गरको आरोप उनीहरुमाथि छ । पक्राउ परेकाहरु विरुद्ध काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धानअघि बढाइएको छ ।

Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर