Aamsanchar

रवि लामिछानेले भने : ममाथि मुद्दा नभएको भए पनि प्रधानमन्त्रीमा बालेनलाई नै अघि सार्थ्यौं

Author Image
बुधवार, पौष १६, २०८२

पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई मुद्दा नपरेको भए पनि प्रधानमन्त्रीका रूपमा बालेनलाई अघि सारिने थियो भनेका छन् ।

बुधबार पोखरामा पत्रकारसँग कुराकानी गर्दै लामिछानेले युवाहरूमा राजनीतिक चेतनाको झिल्को बालेन शाहको उदयपछि मात्रै बलेको र त्यसलाई आफूहरूले राँकोको रुप दिन लागेको बताए ।

“मलाई मुद्दा थिएन भने पनि गर्नुपर्ने यहि नै थियो,” रविले भने, “म के स्पष्ट पार्छु भने पछिल्लो समय युवाहरूमा राजनीतिक चेतना ल्याउनका निमित्त काठमाडौंका मेयर बालेन शाहको उदयपछि झिल्को बलेको हो, यसलाई राँकोको रूप दिँदै छौँ हामी ।”

पछिल्लो आन्दोलन र युवाहरूको विश्वास बालेनमा नै देखिएको र बालेनकै सुझाव सद्भावमा सरकार बनेको उनको भनाइ छ ।

Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर