

इलाम-इलामको देउमाईमा अटो रिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई नगरपालिका ५ धुसेनीका १८ वर्षीय युनिश लुइँटेल छन् ।

जितपुरबाट मंगलबारेतर्फ गइरहेको अटो देउमाई नगरपालिका–३ पानीटार चियाबारीनजिक आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीले जानकारी दिए ।
गम्भीर घाइते भएका उनको अस्पताल पुर्याउने क्रममा बाटैमा मृत्यु भएको हो ।

Views: 148


