Aamsanchar

मतदान सुरू

Author Image
आइतवार, माघ ११, २०८२

काठमाडौँ – राष्ट्रिय सभामा आगामी फागुनमा रिक्त हुने एक तिहाई सदस्यमध्ये १७ जनाका लागि मतदान शुरु भएको छ। बिहान ९ बजे शुरु भएको मतदान अपराह्न ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ।

कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको हो ।

त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान हुने आयोगले जनाएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ।

फागुन २० गते रिक्त हुने कुल १९ सदस्यमध्ये कोशी प्रदेशबाट एक सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । एक सदस्य राष्ट्रपतिबाट मनोनित हुनेछन् । कोशी प्रदेशका खस आर्यतर्फका उम्मेद्वार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ

Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर