


काठमाडौं – मदिरा सेवन गरी तीन महिने छोराको हत्या गरेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुल्मीको इश्मा गाउँपालिका–२ छल्दीटारका ४६ वर्षीय सन्तबहादुर कुमाल छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै तीन महिने छोराको हत्या गरेको आरोप छ ।

सन्तबहादुरले मादक पदार्थ सेवन गरी सुवासको बुधबार राति हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हस्तिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीमाथि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाएको छ ।
Views: 40


