Aamsanchar

सिक्किमदेखि पाँचथरमा पाहुना आएका बेघा मृत अवस्थामा फेला

Author Image
शुक्रवार, माघ १६, २०८२

फिदिम- सिक्किमदेखि आफन्त भेटघाटका क्रममा पाँचथरको फिदिम आइपुग्नु भएका एक जना ज्येष्ठ नागरिक मृत अवस्थामा भेटिनुभएको छ ।

जिल्लाको याङवरक गाउँपालिका-२, तिमतिम्बु घर भई रोजगारीका क्रममा सिक्किम बसोवास गर्दै आउनु भएका ६८ वर्षीय मानबहादुर बेघा बिहीबार मृत अवस्थामा भेटिनुभएको हो ।

केहिदिन अघि पाँचथरको फिदिम नगरपालिका ४ स्थित आफन्तकहाँ बस्दै आउनुभएका उहाँ माघ ११ गतेदेखि अचानक सम्पर्कविहीन हुनु भएको आफन्त मङ्गल बेघाले बताउनुभयो ।

निरन्तर चार दिनसम्म प्रहरी र स्थानीयले खोजी गर्दा समेत नभेटिनु भएका बेघा फिदिम-४, देउराली र डाँडा सामुदायिक बनको सिमा क्षेत्रमा मृत अवस्थामा भेटिनु भएको पाँचथर प्रहरीले जनाएको छ ।

उहाँको शव पोस्टमार्टमका लागि पाँचथर जिल्ला अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिषकुमार कर्णले बताउनुभयो ।

Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर