Aamsanchar

सुनको मूल्यमा गिरावट

Author Image
शुक्रवार, माघ २३, २०८२

काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ४ हजार २०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ९१ हजार कायम भएको छ। यसअघि बिहीबार प्रतितोला सुन २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

 

यस्तै चाँदीको मूल्य पनि बिहीबारको तुलनामा घटेको छ। महासंघका अनुसार आज २ सय ७० रुपैयाँले घटेर प्रतितोला चाँदीको मूल्य ४ हजार ७१० रुपैयाँ तोकिएको छ। बिहीबार एक तोला चाँदीको मूल्य ४ हजार ९८० कायम भएको थियो ।

 

आज अन्तरार्ष्ट्रिय बजारमा एक औंस सुन ४ हजार ८२८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Views: 386

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२
आज पनि घट्यो सुनकाे मुल्य
आइतवार, माघ १८, २०८२