Aamsanchar

सात सय कृषकलाई अनुदान वितरण

Author Image
सोमवार, असार ६, २०७३

मोरङ ।

imagesa

जिल्ला कृषि विकास कार्यालय मोरङले धान उत्पादन कार्यक्रमअन्तर्गत अनुदानबापतको रकम वितरण गर्न सुरु गरेको छ ।

एसआरआइ प्रविधिबाट चैते धान लगाउने ७३१ जना कृषकलाई कार्यालयले अनुदानबापतको रकम वितरण गरेको जिल्ला कृषि विकास कार्यालय मोरङले जनाएको छ ।

एसआरआइ प्रविधिबाट चैते धान लगाउने किसानलाई प्रतिहेक्टर रु पाँच हजार नगद प्रदान गरिएको कृषि विकास कार्यालय मोरङका प्रमुख राजेन्द्र उप्रेतीले जानकारी दिनुभयो ।

त्यसैगरी यसअघि बीउमा ५० प्रतिशत अनुदान, धान गोड्ने मेसिन र अनुदानमा ४० जनालाई पावर ट्रेलर उपलब्ध गराई सकिएको कार्यालय प्रमुख उप्रेतीको भनाइ छ ।

सो कार्यालयले मोरङको बेलबारी, मधुमल्ला, उर्लाबारी, पथरी शनिश्चरे, इटहरा, राजघाट, डाँगीहाटलगायतका क्षेत्रका कृषकलाई अनुदानबापत रकम वितरण गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर