Aamsanchar

पूर्वमन्त्री एवं सांसद रमेशचन्द्र सेनकाे न्यायिक हिरासतमा निधन

Author Image
आइतवार, माघ २५, २०८२

काठमाडौं – बंगलादेशको अवामी लिगका वरिष्ठ नेता, पूर्वमन्त्री एवं सांसद रमेशचन्द्र सेन (८६) को शनिबार राति न्यायिक हिरासतमा निधन भएको छ ।

विगत १८ महिनादेखि जेलमा रहेको उनी लामो समयदेखि बिरामी थिए ।

गम्भीर स्वास्थ्य समस्याका बाबजुद उनले पर्याप्त उपचार नपाएको र स्वास्थ्य अवस्थालाई आधार मानी पटकपटक गरिएको जमानतको माग खारेज गरिएको परिवारको आरोप छ । अधिकारीहरूले भने मृत्युको कारण ‘बिरामी’ भएको बताएका छन् ।

रमेशचन्द्र सेनको स्वास्थ्य अवस्था जेलमा रहँदा लगातार बिग्रँदै गएको थियो । आफन्तका अनुसार उनलाई विभिन्न रोग थिए ।

मानव अधिकार संगठनका अनुसार सन् २०२५ मा अहिलेसम्म बंगलादेशमा हिरासतका क्रममा कम्तीमा १०७ जनाको मृत्यु भइसकेको छ । यीमध्ये अधिकांश अवामी लिगका नेता र कार्यकर्ताहरू रहेको बताइएको छ । प्रायः सबै मामिलामा मृत्युको कारण ‘हृदयघात’ वा ‘अचानक बिरामी’ भएको उल्लेख गरिँदै आएको छ ।

बंगलादेशको संविधानको धारा ३१ र ३२ अनुसार हिरासतमा लिइएका प्रत्येक व्यक्तिको जीवन र गरिमाको रक्षा गर्ने जिम्मेवारी राज्यको हुने उल्लेख छ ।

यसअघि जनवरी ११ मा पनि अवामी लिगका पूर्व नेता तथा हिन्दू कलाकार प्रलय चाकीको उपचारका क्रममा हिरासतमै मृत्यु भएको थियो ।

Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर