Aamsanchar

राहदानी विभागले भन्यो : आफूले रोजेको समयमा आउने सेवाग्राहीलाई पहिलो प्राथमिकता

Author Image
मङ्गलवार, माघ २७, २०८२

काठमाडौं-  राहदानी विभागले पासपोर्ट बनाउन आउने सेवाग्राहीलाई आफूले रोजेको समयमा सेवा लिन आग्रह गरेको छ । अनलाइन फाराम भर्दा उल्लेख गरेको भन्दा फरक समयमा सेवाग्राही आउन थालेपछि मंगलबार (माघ २७) विभागले सूचनामार्फत यस्तो आग्रह गरेको हो ।

“राहदानीका लागि फाराम भर्दा आफूले छनोट गरेको समयमा सेवा लिन आउने सेवाग्राहीलाई पहिलो प्राथमिकताका आधारमा सामान्यतः एक घण्टाभित्रमा आवेदन दिने कार्य सम्पन्न गर्ने व्यवस्था गरिएको छ,” विभागले भनेको छ ।

विभागले राहदानी बनाउन आउने सेवाग्राहीलाई चुस्त सेवा दिने उद्देश्यले ‘भेट समय प्रणाली’ लागु गरेको छ । भेट समयानुसार आउने सेवाग्राहीलाई चुस्त सेवा दिने उद्देश्यले विभिन्न व्यवस्था गरिएको विभागले जनाएको छ ।

“कारणवश आफूले छनोट गरेको समयमा सेवा लिन आउन नसक्ने सेवाग्राहीहरूलाई क्रमशः सेवा दिइने व्यवस्था गरिएको छ,” सूचनामा उल्लेख छ ।

भेट समय सेवाग्राहीले भरेको आवेदन फारामको दायाँतर्फ पुछारमा हेर्न सकिने जनाइएको छ । “निर्धारित भेट समयमा आउनुभई छिटो र चुस्त सेवा लिनेरप्रदान गर्ने विभागको प्रयासलाई सहयोग गरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौँ,” विभागले भनेको छ ।

Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर