Aamsanchar

ट्याक्टरको रोटाबेटरमा परेर दुई जना बालिकाको घटनास्थलमै मृत्यु

Author Image
बिहिवार, माघ २९, २०८२

बर्दिबास –  महोत्तरीको मटिहानी नगरपालिका–४ मझौरामा ट्याक्टरको रोटाबेटरमा परेर दुई जना बालिकाको ज्यान गएको छ । बिहीबार खेत जोत्ने क्रममा ट्याक्टरमा जडान गरिएको रोटाबेटरमा परेर उनीहरूको घटनास्थलमै मृत्यु भएको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले जानकारी दिए । घटनाको खबर पाए लगत्तै प्रहरी टोली घटनास्थल पुगेको छ ।

मृत्यु हुनेमा मझौराका इमराइन राइनकी ७ वर्षीया छोरी फरहान खातुन र सिरहा नगरपालिका–१ माडरका अस्मतुला राइनकी ८ वर्षीया छोरी रफिया खातुन रहेको मेयर मण्डलले बताए । मेयर मण्डलका अनुसार चालकसँगै ट्याक्टरमा रहेका दुवै बालिका ब्रेक लगाउने क्रममा चिप्लिएर खस्दा रोटाबेटरतर्फ टाउको परेपछि गम्भीर दुर्घटना भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने अन्य विवरण आउन बाँकी रहेको छ ।

Views: 345

प्रतिक्रिया (०)

सम्बन्धित खबर