Aamsanchar

दलहरु एक्ला–एक्लैमा प्रतिष्पर्धामा जानु सकारात्मक : विश्वप्रकाश शर्मा

Author Image
बिहिवार, माघ २९, २०८२

भैरहवा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यस पटकको निर्वाचनमा दलहरु एक्ला–एक्लैमा प्रतिष्पर्धामा जानु सकारात्मक भएको बताएका छन् ।

 

बिहीबार भैरहवामा आयोजित कांग्रेस उम्मेदवारसहितको वृहत भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले भने, ‘यस पटकको चुनावमा प्रायः दलहरु गठबन्धन नगरी जनता समक्ष गएका छौं, यो सकारात्मक पक्ष हो ।’ उनले अब पाँच वर्ष स्थिर सरकार रहने गरी संवैधानिक व्यवस्था गर्नुपर्ने बताए । उनले कांग्रेस बहुमतका लागि चुनावमा गएको भए पनि पाँच वर्ष टिक्ने स्थिर सरकारको व्यवस्था हुनुपर्ने बताए । ‘कांग्रेस बहुमत ल्याउने लक्ष्यसहित अगाडि बढेको छ, तर पाँच वर्ष स्थिर सरकार रहने गरी संवैधानिक व्यवस्था गरिनु पर्छ ।’

उपसभापति शर्माले भने, ‘प्रत्यक्षको सिट र लोकप्रिय मतको आधारमा पहिलो हुने दलको प्रधानमन्त्रीले पूरै पाँच वर्ष शासन गर्ने, कथमकदाचित बहुमत नपुगेमा ‘विनर्स टेक अल’ को नीति बमोजिम अपुग संख्या सुनिश्चित गर्ने, दोस्रो र तेस्रो लगायतका दल सरकारमा नगएर पूरै पाँच वर्ष प्रतिपक्षी कित्तामा बस्ने, यस्तै कुनै अवधारणामा चुनाव पूर्व जरुरी राष्ट्रिय सहमति गरौँ ।’

Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर