Aamsanchar

एपीएफले पोखराविरुद्धको खेलमा १९ गोल गर्यो

Author Image
सोमवार, फागुन ४, २०८२

काठमाडौं – आरएस पोखराविरुद्ध १९–० को फराकिलो जित हासिल गर्दै राष्ट्रिय लिग च्याम्पियन एपिएफ एफसी एन्फा महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार उदयपुरको त्रियुगा नगरपालिकास्थित थरुहट रंगशालामा सम्पन्न दिनको एकमात्र खेलमा स्ट्राइकर रश्मिकुमारी घिसिङ एक्लैले ११ गोल गरिन्। पहिलो हाफमा ह्याट्रिक गरेकी रश्मीले त्यसपछि ८ गोल थपेकी हुन्।

एपिएफले पहिलो हाफमा ७–० को अग्रता बनाएको थियो। त्यसपछि आधा दर्जन गोल सम्भव भए।

रश्मीकी स्ट्राइकिङ पार्टनर अनिता केसीले पनि तीन गोल गरिन्। यसबाहेक निशा थोकर, गीता राना, सरु लिम्बू, मनमाया दमाई, हिमा रावतले पनि ‘स्कोरसीट’मा आफ्नो नाम लेखाइन्।

एपिएफले अब फागुन ७ गते हुने सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड र संकटा एफसीबीचको विजेतासँग खेल्नेछ। यी दुईबीचको क्वार्टरफाइनल खेल फागुन ५ गते हुनेछ।

प्रतियोगितामा आज न्युरोड टिम एनआरटीर त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ।

Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर