Aamsanchar

टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि तीन खेल

Author Image
सोमवार, फागुन ४, २०८२

काठमाडौं – आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदैछन्।

आजका खेलले सुपर एटको समीकरणलाई थप रोचक बनाउनेछन्। पहिलो खेलमा भारतको दिल्लीको अरुण जेटली स्टेडियममा समूह डी अन्तर्गत अफगानिस्तान र यूएईबीच प्रतिस्पर्धा हुनेछ।

अघिल्ला दुवै खेलमा हार व्यहोरेको अफगानिस्तानका लागि सुपर एटको झिनो आशा जीवित राख्न आजको खेल गर या मरको अवस्थामा छ।

दोस्रो खेलमा दिउँसो सवा ३ बजे कोलकाताको इडेन गार्डेन्समा समूह सीका इङ्गल्याण्ड र इटाली आमनेसामने हुनेछन्। नेपाल सम्मिलित यो समूहमा इटालीले अघिल्लो खेलमा नेपाललाई हराएर सनसनी मच्चाइसकेको छ।

आजको खेलमा इटलीसँग पराजित भएमा इङ्ल्याण्डलाई सुपर एटको यात्रा कठिन बन्ने छ भने इटलीलाई सहज हुनेछ। आज हुने तेस्रो खेलमा श्रीलंका र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ।

खेल साँझ सवा ७ बजे श्रीलंकाको पाल्लेकेलेमा सुरु हुनेछ । समूह बी को यो खेल जित्ने टोली सुपर एटको नजिक पुग्नेछ। समूह चरणका ४० खेलमध्ये ३० औँ खेलसम्म आइपुग्दा अहिलेसम्म भारत मात्र आधिकारिक रूपमा सुपर एटमा पुग्न सफल भएको छ।

हिजो भएको खेलमा नेपाल वेष्ट इन्डिजसँग पराजित भएसँगै सुपर एटको सम्भावना सकिएको छ। हिजै भएको खेलमा भारतले पाकिस्तानविरुद्ध फराकिलो जित निकालेको थियो।

Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर