

दाङ – दाङको तुलसीपुरमा अज्ञात समूहले सिलिन्डर बम बिष्फोट गराएको छ। तुलसीपुर उपमहानगरपालिका ६ र वडा न ८ को सीमाक्षेत्र पातुखोलामा बिस्फोट भएको प्रहरीले जनाएको छ।

तुलसीपुर अटोभिलेजदेखि तलतिर गाइपालन फर्मदेखि पश्चिमतर्फ पातुखोलामा अज्ञात समूहले सिलिन्डर विष्फोट भएको दाङ प्रहरीले जनाएको छ।

घटनास्थलमा सिलिन्डरका टुक्राहरु फेला परेका छन्। प्रहरी घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले तुलसीपुरका प्रवक्ता बिनोदराज खत्रीले बताए। बम विष्फोट भएपछि स्थानीय त्रसित बनेका छन्।
निर्वाचनको मिति नजिकिदै गर्दा चुनावलाई लक्षित गरेर त्रसित गराउन अज्ञात समूहले विष्फोट गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। घटनामा अरु कुनै क्षति भने भएको छैन्।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले प्रहरी घटनास्थलमा पुगेको बताए। विस्फोटको आवाज आएपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको उनले बताए। नेकपा बहुमतले आज नेपाल बन्दको आयोजना गरेको छ। त्यसको पूर्वसन्ध्यामा तुलसीपुरमा बम विस्फोट भएको हो।


