Aamsanchar

सुनको मूल्य घट्यो

Author Image
मङ्गलवार, फागुन ५, २०८२


काठमाडौं – नेपाली बजारमा मंगलबार (फागुन ५) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ९०० रुपैयाँले घटेको हो ।

आजका लागि प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

अघिल्लो दिन तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर चार हजार ८८५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन चार हजार ८६० रुपैयाँ थियो ।

Views: 285

प्रतिक्रिया (०)

सम्बन्धित खबर