Aamsanchar

बिहार सरकारद्वारा नेपाल–भारत धार्मिक पर्यटन जोड्ने २५० किमि द्रुतमार्ग बनाउने योजना

Author Image
मङ्गलवार, फागुन ५, २०८२

काठमाडौं ।  बिहार सरकारले नेपालका पूज्य पशुपतिनाथ मन्दिर र भारतको झारखण्डस्थित बैद्यनाथ धाम (देवघर) लाई जोड्ने करिब २५० किलोमिटर लामो द्रुतमार्ग (एक्सप्रेसवे) निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ। बिहारका सडक निर्माण मन्त्री दिलीप कुमार जैसवालले राज्य सभामा आर्थिक वर्ष २०२६–२७ का लागि करिब ८,२६० करोड रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गर्दै यस अन्तरदेशीय पूर्वाधार परियोजनाबारे जानकारी दिएका हुन्।

प्रस्तावित “पशुपतिनाथ–बैद्यनाथ धाम हाई–स्पिड करिडोर” काठमाडौंबाट सुरु भई भिमनगर र वीरपुर हुँदै बिहारको सुपौल जिल्लाबाट भारत प्रवेश गर्नेछ। त्यसपछि यो मार्ग मधेपुरा, सहरसा, खगरिया, मुंगेर र बाँका जिल्ला हुदै झारखण्डको देवघरस्थित बैद्यनाथ धामसम्म पुग्ने योजना छ।

यस परियोजनाले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवद्र्धन, तीर्थयात्री आवागमन सहजता, सीमापार व्यापार तथा क्षेत्रीय आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ। साथै हिन्दुहरूको प्रमुख तीर्थस्थलहरूलाई उच्चस्तरीय सडक सञ्जालले जोड्ने भएकाले दुवै देशका भक्तजनलाई लाभ पुग्ने विश्वास गरिएको छ।

Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर