Aamsanchar

इन्स्पेक्टर वाङ्गेल उत्कृष्ट प्रहरी घोषित

Author Image
बुधवार, फागुन ६, २०८२

काठमाडौं – प्रहरी निरीक्षक(इन्स्पेक्टर)वाङ्गेल लामा माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको इन्टेलिजेन्स शाखामा कार्यरत लामा परिसर काठमाडौंको उत्कृष्ट प्रहरी घोषित भएका हुन् । परिसरका एसएसपी रमेश थापाले लामालाई प्रशंसापत्र प्रदान गरेका छन् ।

 

अपराध अनुसन्धान र प्रहरी कारबाहीमा उनले प्रभावकारी भूमिका निर्वाह गरेको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रमे राईसहित १० जना व्यक्तिलाई धम्की दिने प्रकाश पाठकलाई फिलिसन्सबाट उनैले काठमाडौं ल्याएका थिए ।

 

Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर