Aamsanchar

विराटनगरमा निर्वाचन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

Author Image
बुधवार, फागुन ६, २०८२

विराटनगर- जिल्ला मोरङको विराटनगर महानगरपालिका वडा नं.०३ स्थित वन कार्यालय परिसरमा निर्वाचनसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

मिति २०८२फागुन ०६ गते सामुदायिक सेवा केन्द्र कञ्चनबारीको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा स्थानीय करिब ३० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा निर्वाचनका क्रममा फैलिन सक्ने अफवाह, गलत सूचना तथा निर्वाचन विरोधी गतिविधिबाट जोगिन अपनाउनुपर्ने सतर्कताका विषयमा जानकारी गराइएको थियो। साथै, सहभागीहरूलाई सचेतना अभिवृद्धिका लागि पर्चा तथा पम्पलेट समेत वितरण गरिएको थियो।

यस्ता कार्यक्रमले नागरिकलाई सही सूचना प्रदान गर्दै लोकतान्त्रिक प्रक्रियामा सचेत र जिम्मेवार बनाउने विश्वास छ।

Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर