Aamsanchar

टुँडिखेलमा प्रजातन्त्र दिवस मनाइयो

Author Image
बिहिवार, फागुन ७, २०८२

काठमाडौं- आज विशेष समारोहको आयोजना गरेर टुँडिखेलमा प्रजातन्त्र दिवस मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्धारा आयोजित कार्यक्रममा झाँकी, मार्च पास, नृत्य र साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो ।

 

बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसहित सरकारी उच्च पदस्थ व्यक्तिको उपस्थितिमा दिवस मनाइएको हो । राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित समारोहमा सरिक भएका हुन । आयोजित समारोहमा सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरु, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उच्चपदस्थ सरकारी कर्मचारी र समाजका विभिन्न क्षेत्रका प्रतिष्ठितव्यक्तिहरुको सहभागिता रहेको थियो ।

दिवसका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।

Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर