

जुम्ला- भ्यान दुर्घटना हुँदा सात जना निर्वाचन प्रहरी घाइते भएका छन् । बिहीबार जुम्ला बजारदेखि नाग्मतर्फ जाँदै गरेको भे. १ ज. ८१८ नम्बरको इलेक्ट्रोनिक भ्यान तातोपानी गाउँपालिका-६, धौलापानीमा दुर्घटना हुँदा सवार सात जना निर्वाचन प्रहरी घाइते भएका हुन् ।

भ्यानमा सवार सातै जना निर्वाचन प्रहरी घाइते भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको जिल्ला प्रमख कार्यालय जुम्लाका प्रमुख रविनबाबु रेग्मीले बताउनुभयो । उहाँका अनुसार घाइते सात जना मध्य २ जनाको अवस्था गम्भिर रहेको जानकारी गराउनुभयो । घाइतेको पहिचान खुल्न बाँकी छ ।
Views: 90


