Aamsanchar

प्रधानमन्त्री कार्की मुक्तिनाथमा

Author Image
शुक्रवार, फागुन ८, २०८२

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मुक्तिनाथ पुगेकी छन्।

नेपाली सेनाको हेलिकप्टरबाट उनी पोखरा हुँदै मुस्ताङको जोमसोमका लागि निस्किएकी हुन्।

उनी केहीबेरमा मुक्तिनाथको दर्शन गरेर जोमसोम आइपुग्ने मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिइन्। उनले त्यहाँ निर्वाचन कार्यालयमा पुगेर निर्वाचनको अवस्थाका बारेमा जानकारी लिने छन्। त्यसपछि उनले सुरक्षा निकायका प्रतिनिधिसँग छलफल गर्ने स्वकीय सचिव आदर्श श्रेष्ठले जानकारी दिए।

त्यसपछि पोखरा फर्किने कार्यक्रम रहेको श्रेष्ठको भनाइ छ। उनी भोलि बिहान लुम्बिनी प्रदेश तालिम केन्द्रमा प्रदेश स्तरीय निर्वाचन प्रशिक्षण कार्यक्रममा सहभागी भएर काठमाडौं फर्कने छन्।

Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर