Aamsanchar

यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा दुर्घटना

Author Image
शुक्रवार, फागुन ८, २०८२

रौतहट – रौतहटमा यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते भएका छन्। शुक्रबार करिब ४० यात्रु बोकेको ना ८ ख ८७७३ नम्बरको बस गौर–चन्द्रनिगाहपुर सडक खण्डको गौर नगरपालिका वडा नं। ४ दालमिल नजिक अनियन्त्रित भएर विद्युतीय पोलमा ठोक्किँदा दुर्घटना भएको हो।

 

प्रहरीका अनुसार बस चन्द्रनिगाहपुरबाट रौतहट सदरमुकाम गौरतर्फ तीब्र गतिमा जाँदै गरेको थियो।

दुर्घटनामा परेर गढिमाई ननगरपालिका १ निवासी ३२ वर्षीय रंजय यादव, बारा कलैया उपमहानगरपालिका १ भवरा टोलका ३० वर्षीय नुर महम्मद, यमुनामाई गाउँपालिका ३ मलहनियाका ४२ वर्षीय विनोद बैठा, गरुडा ननगरपालिका ४ का २६ वर्षीय निरज गुप्ता र मकवानपुर हेटौडा ४ की ४२ वर्षीया सुनिता केशरी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटक प्रमुख राजेन्द्र थापाले जानकारी दिए ।

 

दुर्घटनामा भारत गमडियाका ४४ वर्षीय देव नारायण बैठा र सोही गाउँका २० वर्षीय सुभम कुमार बैठा, भारत शिवहरका ५५ वर्षीय ललन साह र भारत सितामढी जिल्लाका ६० वर्षीय लभिस सहनी पनि घाइते भएका छन्।

दुर्घटनामा घाइते भएका सबैको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। बसका चालक चन्द्रपुर नगरपालिका ८ का २४ वर्षीय रिजवान खानलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर