

स्याङ्जा- पुतलीबजार नगरपालिकामा बेवारिसे अवस्थामा भेटिएनु भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

शनिबार राति पुतलीबजार–१४ लामागेमा अन्दाजी ५५ वर्षीय ‘गुरुङ बुढा’ भनेर चिनिने पुरुष अचेत अवस्थामा रहेको सूचना प्राप्त भए पश्चात प्रहरी पुगेको थियो ।
प्रहरी टोलीले पुरुषलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल पुतलीबजार पुर्याइएको थियो ।

अस्पताल पुर्याएपछि चिकित्सकले उपचार गरेको र पुरुषको मृत्यु भएको घोषणा गरेको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।
मृतकको शव प्रदेश अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । मृतकको स्थायी ठेगाना खुल्न नसकेको र आफन्तको पहिचान नभएकाले चिन्नुहुने व्यक्ति वा परिवारका सदस्यलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।
Views: 14


