Aamsanchar

बसबाट खस्दा ६५ वर्षीया वृद्धाको मृत्यु

Author Image
आइतवार, फागुन १०, २०८२

काठमाडौं – काठमाडौं–३२ पेप्सीकोलानजिक सडकमा बसबाट खस्दा ६५ वर्षीया वृद्धाको मृत्यु भएको छ ।

शनिबार (फागुन ९) जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा ४ ख ५७४७ नम्बरको बसबाट खसेर दोलखा, चरीकोटकी रामकुमारी भुजेलको मृत्यु भएको हो ।

दुर्घटनामा परेकी उनको अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसचालकलाई नियन्त्रण लिएको प्रहरीले जानकारी दिएको छ ।

Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर