Aamsanchar

मतदातालाई पैसा बाँड्ने कार्यकर्ता पक्राउ

Author Image
बुधवार, फागुन २०, २०८२

सर्लाही – सर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेका राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका एक जना कार्यकर्ता पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा जिल्लाको हरिपुर्वा नगरपालिका–२ का ६५ वर्षीय पुरुषोत्तम यादव रहेका छन्।

उनलाई गएराति सोहि ठाउँमा मतदातालाई रकम वितरण गर्दै गरेको अवस्थामा शसस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको हो। प्रहरीले उनको साथबाट २५ हजार नगद रकम बरामद भएको जनाएको छ।

पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा डिएसपी सरोज राईले जानकारी दिए।

Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर