Aamsanchar

पाँचथरका अल्पसंख्यक माझी समुदायले लोदी पर्व मनाए

Author Image
बुधवार, फागुन २०, २०८२

पाँचथर – पाँचथरका अल्पसंख्यक माझी समुदायले लोदी पर्व मनाएका छन् । तमोर नदीमा पूजा गरेर यो पर्व मनाएका हुन् ।

पाँचथरको हिलिहाङ र फिदिम नगरपालिकामा पर्ने माझीटारका माझीहरूले हेवा र तमोर मिसिने ठाँउमा पूजा गरे भने गाउँले भेला भएर साँस्कृतिक कार्यक्रम तथा खानपान गरेका छन् ।

यो क्षेत्रमा ४२ परिवार माझी जाति रहेका छन् । माझी उत्थान संघ पाँचथरका अध्यक्ष रामबहादुर माझीका अनुसार पाँचथरमा ३ सय परिवार माझी जाति रहेका छन् ।

फाल्गुनको तेस्रो मंगलबार यो पर्व मनाइने गरेको उनले बताए । बगेको पानीको पूजा गर्दै यो पर्व मनाइन्छ । माछा मार्दा, डुङ्गा चलाउँदा नराम्रो केही नहोस भनेर कामना गरेर मनाइन्छ । पूजा गर्दै बोका, कुखुराको बलि पनि दिइएको छ ।

हेवा खोलाले बर्सेनि दुखस् दिएकोले अब त्यस्तो नहोस भनेर कामना गरिएको थियो । पूजा पछि साँस्कृतिक कार्यक्रम, सामूहिक भोजनसमेत भएको थियो ।

Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर