झापा- नेपाल पत्रकार महासंघ झापाले झापा क्षेत्र नम्बर ५ को मतगणना स्थलमा समाचार संकलनका लागि पत्रकारलाई पालैपालो प्रवेश गराउने तयारी गरेको जनाएको छ।
महासंघ झापाका अध्यक्षएकराज गिरीले मतगणना स्थलमा भिडभाड व्यवस्थापन तथा सुरक्षालाई ध्यानमा राख्दै एक पटकमा ५ जना पत्रकारलाई मात्र भिडियो तथा फोटो खिच्न प्रवेश अनुमति दिने तयारी गरिएको जानकारी दिनुभयो। पत्रकारहरूलाई सुचनासंकलनमा समस्या भभएकाे भन्दै गुनासाे आएकाे थियाे ।
उहाँले उक्त व्यवस्था पत्रकार महासंघको समन्वयमा लागू गरिने बताउँदै अन्य पत्रकार साथीहरुलाई केहीबेर धैर्य गर्न अनुरोध गर्नुभएको छ।
मतगणनाको क्रममा सूचना संकलन सहज बनाउन र व्यवस्थापन मिलाउन यस्तो व्यवस्था गर्न लागिएको महासंघले जनाएको छ।

Views: 45


