

धरान – सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी भएका छन् । आइतबार ९फागुन २४० दिउँसो सार्वजनिक अन्तिम मत परिणामा ३४ हजार ६२ मत प्राप्त गर्दै उनी सांसद निर्वाचित भएका हुन् । श्रम संस्कृतिका उमेदवारले जितेको यो दोस्रो सिट हो ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की उमेदवार गोमा तामाङले २३ हजार ४२५ मत ल्याइन् । साम्पाङले तामाङलाई १० हजार ६९० मतान्तरले पराजित गरे ।
तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का उमेदवार मनोज भट्टराईले पाँच हजार ८४१ मत पाए ।

नेकपा (एमाले)का टिकाराम लिम्बूले पाँच हजार ५४९, पाँचौँ स्थानमा रहेका नेपाली कांग्रेसका उनले तीन हजार ७५२ मत ल्याएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
०७९ सालको निर्वाचनमा यो क्षेत्रमा एमालेको समर्थनमा जनता समाजवादी पार्टी नेपालका नेता अशोक राई विजयी भएका थिए । रास्वपाकी तामाङ दोस्रो स्थानमा थिइन् । यसपटक पनि उनी दोस्रो स्थानमै रहिन् ।


