Aamsanchar

एमालेमा नेतृत्व परिवर्तनको बहस शुरू

Author Image
मङ्गलवार, फागुन २६, २०८२

काठमाडौँ –  निर्वाचनमा लज्जास्पद हारपछि नेकपा एमालेमा नेतृत्व परिवर्तनको बहस शुरू भएको छ।

सतहमा फाट्टफुट्ट नेताहरूले बोले पनि आन्तरिकरूपमा नेतृत्व परिवर्तनबारे नेतातहमा छलफल थालिएको छ।

पराजित भएपछि नेता विष्णु पौडेलले गल्ती कमजोरीको गम्भीर समीक्षा गर्न, जनअपेक्षा अनुसार आफैँलाई रुपान्तरण गर्न र नेकपा (एमाले) को नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भैरहने प्रतिबद्धता जनाएका छन्।

अर्का नेता प्रदीप ज्ञवालीले पनि आवश्यकता परे नेतृत्व परिवर्तन गर्नेतर्फ जाने बताइसकेका छन्। ती नेताहरूले केही पदाधिकारीसँग छलफल पनि गरेका बताइएको छ।

तर महासचिव शंकर पोखरेल, सचिवहरू भानुभक्त ढकाल, महेश बस्नेत, डा राजन भट्टराई भने नेतृत्व परिवर्तनको पक्षमा देखिएका छैनन्। ईश्वर पक्षका नेता महाधिवेशनदेखि नै रुष्ट छन्। अहिले ओली पक्ष नेताहरू नै नेतृत्वको विकल्पबारे कुरा गरिरहेका हुन्।

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर