Aamsanchar

जगरनाथपुरबाट दुई सय १३ केजी गाँजा बरामद

Author Image
मङ्गलवार, फागुन २६, २०८२

वीरगन्ज – पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ बाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । सोमबार राति इलाका प्रहरी कार्यालय पेटुर्वा सुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको ननेतृत्वमा खटिएको प्रहरी टोलीले २ सय १३ केजी गाँजासहित मे १ त ५७१४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार,पटेर्वा सुगौली–१ सोनवर्षाबाट गाँजा लोड गरेर जाँदै गरेको उक्त ट्याक्टरलाई प्रहरीले सोनवर्षाबाटै पछ्याउँदै गएकोमा जगरनाथपुर गाँउपालिका–४ मा पुग्दा तस्करहरू गाँजा सहितको ट्याक्टर छाडेर फरार भएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

प्रहरीका अनुसार पटेर्वा सुगौली गाउँपालिकाको सोनवर्षाबाट गाँजा लोड गरी भारततर्फ लैजाँदै गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक अधिकारीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।

 

ट्याक्टर धनी र गाँजा तस्करहरू सोनवर्षा गाउँका रहेको प्रहरीले बताए पनि उनीहरूको पहिचान भने खेलाएको छैन । बरामद गाँजासहितको टेयाक्टर इलाका प्रहरी कार्यालयमा राखिएको भन्दै प्रहरी निरीक्षक अधिकारीले फरार रहेका ट्याक्टरका चालक,धनी र तस्करहरूको खोजी भइरहेको बताए ।

Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर