अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार राष्ट्रिय पर्वका रुपमा मनाइने राज्याभिषेक समारोहलाई लिएर कडा निर्देशन जारी गरिएको छ। जसअनुसार एकहप्तासम्म उत्तर कोरियामा कुनै औपचारिक सभा, समारोह गर्न रोक लगाइएको छ। एकहप्तासम्म उत्तर कोरियामा विवाह गर्न र अन्तिम संस्कार गर्नसमेत रोक लगाएको छ।
चारवर्षदेखि किम जोंग उन उत्तर कोरियाका सर्वोच्च नेताका रुपमा काम गरिरहेका छन्। अब उनलाई सत्तारुढ पार्टीको औपचारिक रुपमा जिम्मेवारी दिने तयारी भइरहेको छ। संचारमाध्यमका अनुसार नेता किमले सत्तामा आफ्नो पडक बलियो बनाउने योजनामा छन्। किम जोंग उनको नीति आफ्ना पिताले लिएजस्तै अपनाएका छन्। उनले ‘मिलिट्री पोलिसी’ लाई प्राथमिकता दिएका छन्। १२ जनवरीमा उनले आफ्नो भाषणमा परमाणु हतियारलाई आर्थिक विकास जसरी नै अगाडि बढाउनुपर्ने बताएका थिए।
किम जोंग उन नजन्मिकन उत्तर कोरियाले अहिलेको जस्तो समारोहकको आयोजना गरेको थियो। १९८० मा उनका बुवाको राज्याभिषेक यसैगरी मनाइएको थियो। २०११ मा बुवाको मृत्युपछि कतिपयले उत्तर कोरियाको कमजोर हुने विश्लेषण गरेका थिए। तर किमले सत्ता सम्हालेपछि उनले विरोधीको मुख बन्द गराउँदै सत्तामा आफ्नो पडक बलियो बनाउँदै लगेका छन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 267