Aamsanchar

हेटौंडामा विद्यार्थीहरूको प्रदर्शन

Author Image
आइतवार, चैत १, २०८२

हेटौंडा – मकवानपुरको हेटौंडामा इनिसा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन । आइतबार बिहान हेटौंडास्थित विभिन्न क्याम्पसमा अध्ययनरत विद्याथीहरू सडकमा उत्रिएर प्रर्दशन गरेका हुन । प्रर्दशनको क्रममा विद्यार्थीहरूले ञहत्यारालाई कारबाही गर, पीडितलाई न्याय दे, बलात्कारीलाई फासी दे, नारी अस्मिताको रक्षा गरझ भन्दै नारा लगाएका थिए ।

हेटौंडा क्याम्पसका विद्यार्थीहरूको नेतृत्वमा भएको प्रदर्शनमा मकवानपुर बहुमुखी क्याम्पस, भुटनदेवी मावि, सिद्धार्थ ल क्याम्पसमा अध्ययनरत करिब ५ सय विद्याथीहरू उपस्थित रहेको विद्यार्थी नितेश भण्डारीले बताए । सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् ।

विकको बलात्कारपछि हत्या भएको आरोप लगाउँदै दोषीलाई कानुनी कारबाहीको माग गर्दै देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ ।

Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर