Aamsanchar

खाना पकाउने ग्यास अभाव भएपछि छड्के अनुगमन

Author Image
सोमवार, चैत २, २०८२

नुवाकोट –  खाना पकाउने ग्यास अभाव भएपछि नुवाकोटमा अनुगमन गरिएको छ । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि जिल्ला बजार अनुगमन समितिले बजारमा रहेका ग्यास डिपो,विक्रेता तथा पसलमा छड्के अनुगमन गरेको हो । समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइको संयुक्त टोलीले नुवाकोटका विभिन्न बजारमा रहेका ग्यास डिपो तथा पसलको अनुगमन गरेको हो ।

मध्यपूर्व क्षेत्रमा देखिएको युद्धको असरका कारण अन्तर्राष्ट्रिय बजारमा ग्यास आपूर्तिमा समस्या आएपछि नुवाकोटमा समेत अभाव भएको हो। विभिन्न सातवटा ग्यास डिपो,विक्रेता तथा पसलमा अनुगमन गरिएको सहायक प्रजिअ हुमागाइले बताए ।

उनले भने,’ बजारमा ग्यास अभाव पाइयो,मौज्दात नगर्न भनेका छौं,धेरैजसोमा ग्यास अभाव रहेको र केहीले भने आएका ग्याका सिलिण्डर तत्काल उपभोक्तालाई विक्री गरेको समेत पाइएको छ । ‘

बट्टार,गंगटे,पिपलटारलगायतका स्थानमा ग्यास अनुगमन गरिएको समितिका सदस्य सचिव तथा उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटका प्रमुख सीताराम घिमिरेले जानकारी दिए । अनुगमनका क्रममा बट्टार दम्कीस्थित ग्यास विक्रेता राजु वोगटीले आफ्नो डिपोमा दैनिकरुपमा ग्यास आयात भइरहेको र आफूले सरकारले तोकेकै आधारमा ग्यास दिने प्रतिवद्धता जनाए।

अनुगमनमा खाद्य प्रविधि कार्यालय,पशु सेवा कार्यालय, प्रहरी, उपभोक्ता हित संरक्षण मन्चलगायत सरोकारवाला निकायका प्रमुख तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो । एलपी ग्यास र पेट्रोलिय पदार्थको कृत्रिम अभाव सृजना नगर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । ग्यास अभाव हुनेगरी मौज्दात नगर्न पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

Views: 19

प्रतिक्रिया (०)