

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिकलाई श्रम श्रम स्वीकृति प्रदान गर्ने भएको छ।

आज भएको सो निर्णयले ती देशबाट नेपाल आउन चाहने र बिदामा आएर फर्कन चाहने नेपालीलाई आफ्नो रोजगारदाता देशमा जाने बाटो खुला भएको छ।
पश्चिम एसियामा विकसित युद्धका कारण ती देशको श्रम नवीकरण रोकिएको थियो।

श्रम मन्त्रालयले इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा कार्यरत नेपालीलाई भने श्रम स्वीकृत स्थगत कायमै छ।
Views: 13


