Aamsanchar

खोटाङमा हेलिकप्टर दुर्घटना

Author Image
बुधवार, चैत ४, २०८२

खोटाङ –  खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा भएको हेलिकप्टर दुर्घटनामा एक जना घाइते भएका छन्।

दुर्घटनामा एक जना घाइते भएको खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन्। ‘एक जना सामान्य घाइते हुनुभएको छ भन्ने खबर आएको छ। गोडामा चोट लागेको छ’, कुरा गर्दै उनले भनिन्। उनलाई तत्काल उद्धार गरी उपचारका लागि लगेको उनले बताइन्।

काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकप्टर ल्याण्ड गर्ने क्रममा दुर्घटनामा परेको हो ।

Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर