

काठमाडौं – धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाधाम नगरपालिका–३, धनुषाधाम बजारका ७५ वर्षीय राजेश्वर महरा छन् ।

सोही ठाउँस्थितमा धनुषाधामबाट मंगलपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–००८ प ६५७० नम्बरको मोटरसाइकलको ठक्करबाट बुधबार (चैत ११) राति पैदलयात्री महराको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको ओम दिर्घायु अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

Views: 1


