Aamsanchar

नवनिर्वाचित सांसदहरूको शपथ सकियो, ‘सिलाम साक्मा’ लगाएर पुगेका थिए बालेन

Author Image
बिहिवार, चैत १२, २०८२

काठमाडौं – प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूको शपथ सकिएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथग्रहण गराएका हुन् ।

संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सबै सांसदहरूलाई स्वागत गर्दै चैत ५ गते परिणाम निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाएको बताएका थिए । बानेश्वरमा रहेको भवन जेनजी आन्दोलनका क्रममा क्षति भएको र नवनिर्मित भवन तयार नभएको हुँदा संसद् सचिवालय बिलखबन्दमा परेको बताए ।

उनले बहुउद्देश्यीय हललाई नै तयार पार्ने निर्णयअनुसार हतारहतारमा हल निर्माण गरिएको बताए ।

Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर