Aamsanchar

को-को बन्दैछन् मन्त्री ?

Author Image
शुक्रवार, चैत १३, २०८२

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०को मन्त्रिपरिषद्‌का सदस्यहरूको अन्तिम टुंगो लाग्ने क्रम जारी छ।

हालसम्म प्राप्त जानकारीअनुसार बालेन मन्त्रिपरिषद्‌मा सुधन गुरुङ गृहमन्त्री बन्ने भएका छन्। तर यो नाम नै फाइनल हो होइन भन्ने एकिन भएको छैन।

यस्तै स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। परराष्ट्र मन्त्रालय भने शिशिर खनाललाई दिने टुंगो लागेको छ। यस्तै सोविता गौतम कानुनमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जामन्त्री, अमरेशकुमार सिंह उद्योगमन्त्री, प्रतिभा रावल सामान्य प्रशासनमन्त्री, गीता चौधरी कृषिमन्त्री, विक्रम तिमल्सिना सञ्चारमन्त्री, दीपक साह श्रममन्त्री, सस्मित पोखरेल शिक्षामन्त्री, खडकराज पौडेल पर्यटनमन्त्री, सीता वादी महिला तथा बालबालिकामन्त्री र निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नेछन्।

प्रधानमन्त्री बालेनले दिउँसो १२ः३४ मा शपथ लिने कार्यक्रम छ। त्यस लगत्तै मन्त्रीहरुले शपथग्रहण गर्नेछन्।

Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर