

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोल नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनियता सपथ समारोह कार्यक्रममा सहभागी भएकी छिन्।

प्रधानमन्त्री बालेनले पद तथा गोपनियताको सपथ लिएपछि उनलाई सुनिताले कालो दोसला लगाएर शुभकामना दिइन्। बालेन शाह महानगरको प्रमुखमा रहँदा सुनिता उपप्रमुख थिइन्।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा बालेन मेयर पदबाट राजनीनामा दिएपछि उम्मेदवारी बनेका थिए। झापा ५ बाट उम्मेदवारी बनेका शाह विजयी भएसँगै आज९शुक्रबार० प्रधानमन्त्री भएका छन्।

Views: 114


