Aamsanchar

कुलमान घिसिङले चुनावमा १४ लाख १० हजार ८० रुपैयाँ खर्च गरे

Author Image
आइतवार, चैत १५, २०८२

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार कुलमान घिसिङले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गरेका छन् । उनले निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा पेस गरेको विवरणअनुसार निर्वाचन अवधिभर कुल १४ लाख १० हजार ८० रुपैयाँ खर्च गरेका छन् ।

सार्वजनिक विवरणअनुसार सबैभन्दा बढी खर्च प्रचार–प्रसार सामग्री छपाइमा भएको छ । नमुना मतपत्र, ब्यानर, पर्चा र प्रतिबद्धता पत्र छपाइका लागि तीन लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।

यस्तै, सवारीसाधन भाडा तीन लाख २० हजार, ब्याच, टोपी र झन्डा छपाइमा तीन लाख १० हजार, घरदैलो गर्दा खाना खर्चमा दुई लाख ७० हजार ८१ र कार्यालय कोठा भाडा तथा सञ्चालन खर्चमा एक लाख २० हजार रुपैयाँ खर्च भएको छ ।

निर्वाचन आयोगले तोकेको सीमाभित्रै रहेर उमेदवार घिसिङले आफ्नो पारदर्शी खर्च विवरण पेस गरेको जनाएका छन् ।

Views: 18

प्रतिक्रिया (०)