Aamsanchar

मन्त्रिपरिषद् बैठक आज बस्दै

Author Image
आइतवार, चैत १५, २०८२

काठमाडौं – मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

नयाँ सरकार गठन भएपछि बस्न लागेको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो । यसअघि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले ४ वटा निर्णय लिएको थियो । जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय सरकारले गरेको थियो । त्यस्तै, शासकीय सुधारका एक सय कार्यसूची पनि उक्त बैठकबाट स्वीकृत भएको थियो ।

Views: 66

प्रतिक्रिया (०)