Aamsanchar

केपी ओली- रमेश लेखकको बन्दीप्रत्यक्षीकरण मुद्दाको आज सुनुवाइ

Author Image
सोमवार, चैत १६, २०८२

काठमाडौं – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरणका रिटमा आज सुनुवाइ हुँदैछ।

एमाले अध्यक्षसमेत रहेका ओलीकी पत्नी राधिका शाक्यले गैरकानुनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा हिजो बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नुभएको हो।

सर्वोच्च अदालतमा प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार उक्त रिटमा आजै सुनुवाइ हुदैछ।

यस्तै पूर्वगृहमन्त्री लेखकलाई गैरकानुनी रुपमा थुनामा राखिएको जिकिर गरिएको रिटको सुुनुवाइ पनि आजै नै हुनेछ।

लेखककी पत्नी यशोदा लेखकले रिट दायर गरेकी छन्। शनिबार बिहान पक्राउ परेका ओली र नेता लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।

ओली अस्वस्थ रहेका कारण शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भई उपचाररत छन्। ओलीलाई हिजो अदालतमा पनि भर्चुअल माध्यम उपस्थित गराइएको थियो।

नेता लेखक आफैँ अदालत उपस्थित भएका थिए । लेखकलाई महाराजगन्जस्थित प्रहरीको दुई नम्बर गणमा राखिएको छ।

Views: 38

प्रतिक्रिया (०)