

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन्।

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न प्रहरीले खड्कालाई आइतबार बिहान नियन्त्रणमा लिएको थियो।
राति उनलाई वान्ता भएपछि सोमबार विहान ३ बजे त्रिवि शिक्षण अस्पताल महाराजगंज पुर्याइएको थियो। अस्पताल स्रोतका अनुसार अहिले उनलाई भर्ना गरेर चिकित्सकको निगरानीमा राखिएको छ।

उनलाई आइतबार नै काठमाडौं जिल्ला अदालतले थप अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
गृह मन्त्रालयका अनुसार खड्काविरूद्ध भदौ २४ गते उनको घरमा जलेका नोटको सम्बन्धमा अनुसन्धान अघि बढाइएको हो ।
Views: 39


