Aamsanchar

कोसी र कर्णालीका सांसदसँग प्रधानमन्त्री बालेन छलफलमा, कोठे बैठकमा नजाने हर्कको भनाई

Author Image
सोमवार, चैत १६, २०८२

काठमाडौं – श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको बैठकमा नजाने बताएका छन् । प्रतिनिधिसभाको बैठक बोलाउन माग गर्दै उनले कोठे बैठकमा आफ्ना पार्टीका सांसदहरू सहभागी नहुने बताएका हुन् ।

आज प्रधानमन्त्रीले सिंहदरबारमा कोशी प्रदेशका प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल गर्दैछन् । यसैका लागि प्रधानमन्त्रीको सचिवालयले श्रम संस्कृति पार्टीका सांसदहरूलाई पनि बोलाएको छ ।

‘प्रधानमन्त्रीले सदन बोलाउनतिर पहल नगरी कोठे बैठकमा बोलाउनुको कारण थाह भएन । हामी कोठे बैठकमा आउँदैनौँ,’ उनले भनेका छन्, ‘सदनको बैठक बोलाउनु पर्‍यो । हप्ताको १ चोटि कम्तीमा राख्नुपर्छ बैठक । जनताको प्रश्नहरुदेखि भाग्न पाइँदैन । सबै प्रश्नका उत्तर दिनैपर्छ । जय लोकतन्त्र ।’

यता प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) कोसी र कर्णाली प्रदेशका सांसदहरूसँग छलफलमा जुटेका छन् ।

सोमबार (चैत १६) मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा सबै दलका सांसदहरूसँग छलफलमा जुटेको बालेनको सचिवालयले जनाएको छ ।

“कोसी र कर्णाली प्रदेशका सबै दलबाट निर्वाचित सांसदसँग प्रधानमन्त्रीको छलफल चलिरहेको छ । चरणबद्ध रूपमा सबै प्रदेशका सांसदसँग प्रधानमन्त्रीले छलफल गर्नुहुनेछ,” सचिवालय स्रोतले भन्यो ।

 

Views: 30

प्रतिक्रिया (०)