Aamsanchar

ओलीको गिरफ्तारीविरुद्ध एमालेले देशव्यापी विरोधका कार्यक्रम आयोजना गर्ने

Author Image
मङ्गलवार, चैत १७, २०८२

काठमाडौं – नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीविरुद्ध देशव्यापी विरोधका कार्यक्रम आयोजना गर्ने भएको छ।

एमाले महासचिव शंकर पोखरेलले चैत २४ गतेदेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्। चैत २४ गते जिल्लास्तरीय भेला गरेर आन्दोलनलाई थप सशक्त बनाउने उनले बताए।

त्यस्तै पालिका, जिल्ला हुँदै राजधानी केन्द्रित विरोध सभा पनि एमालेले गर्ने भएको छ। महासचिव पोखरेलका अनुसार एमालेले वैशाख १२ गते काठमाडौंमा विरोध सभा आयोजना गर्नेछ।

Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर